नियम ८९
बिदाको अभिलेख
: (१) बिदा दिने अधिकारीले आफ्नो मातहतका सबै प्रहरी कर्मचारीहरूको बिदाको अभिलेख किताब खडा गरी लगत राख्नु वा राख्न लगाउनु पर्नेछ ।
(२) कुनै प्रहरी कर्मचारी एक ठाउँबाट अर्को ठाउँमा सरुवा भएमा निजको बिदाको लगतको उतार सरुवा भएको ठाउँमा पठाउनु पर्नेछ ।